फिलिपिनो नागरिक कवेत जान रोक

फिलिपिनो नागरिक कवेत जान रोक

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी ६ माघ ।
फिलिपिन्सले घरेलु कामदारका रुपमा आफ्ना नागरिकलाई कुवेत जान रोक लगाएको छ । पछिल्लो समय कुवेतमा कामका लागि गएका आफ्ना नागरिकको मृत्युको घटना बढेपछि छानबिनका लागि भन्दै फिलिपिन्स सरकारले सो रोक लगाएको हो ।

कुवेतमा घरेलु श्रमिकको रुपमा रहेका फिलिपिनोले त्यहाँ भोग्नु परेको अपमान र र्दुव्यवहारकै कारण आत्महत्याको घटनामा वृद्धि भएपछि फिलिपिन्स सरकारले पछिल्लो कदम चालेको राष्ट्रपति रोड्रिगो ड्युट्रेटलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपति ड्युट्रेटले महिला श्रमिकहरुले विदेशमा भोग्नुपरेको यौनर्दुव्यवहारप्रति पनि सचेत हुनपर्ने बताउनु भएको छ । फिलिपिन्सको पछिल्लो कदमप्रति कुवेतले फिलिपिन्सका सरकारी अधिकारीसँग सो विषयमा छलफल गर्ने जनाएको छ ।

यहि महिनाको सुरुमा कुवेतमा एक महिलाले आत्महत्या गरेपछि उनका परिवारले यौन र्दुव्यवहारकै कारण उनले आत्महत्या गरेको हुनसक्ने दावी गरेका थिए । उक्र घटनापछि फिलिपिन्स सरकारले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।

फिलिपिन्सका २३ लाख बढी नागरिक विदेशमा रहेको तथ्याङ्क छ । तीमध्ये अधिकांश खाडी मुलुक, यूएई, साउदी अरब कतार र कुवेतमा छन् । कुवेतमा मात्रै २ लाख ५० हजार फिलिपिनो रहेका छन् जसमध्ये अधिकांश घरेलु कामदार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ