काठमाडौँ, ६ माघ ।
भारतले पटक पटक नेपाली सीमा अतिक्रमण गर्ने गरेको भन्दै नेपाल तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ ।
दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आज बिज्ञप्ती निकालेर नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भईरहेकोले उक्त कदमलाई तत्काल रोक्न माग गर्नुभएको छ ।
“नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको छ, पर्सा, रौतहट, कञ्चनपुरलगायत जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछाँै”– विज्ञप्तिमा भनिएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन दलले सरकारसँग जोडदार माग गरेको छ ।
अतिक्रमण बन्द नभए भूमि रक्षाको लागि जुनसुकै कदम चाल्न बाध्य हुने पनि चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline