शुक्रबार विहान जम्मूको आरएसपुरा, अरनिया, रामगढ क्षेत्रमा गोलीबारी भएको हो ।
यसैबीच चिनियाँ सुरक्षाफौजले दोक्लामको उत्तरी भुभागमा अगाडि बढेको छ । विहीबार सार्वजनिक स्याटलाइट तस्वीरमा चिनियाँ सेना हातहतियारसहित दोक्लामको उत्तरी भुभागमा बसिरहेको पाइएको इकोनोमिक टाइम्सले जनाएको छ ।
उक्त भुभागमा चिनियाँ सेनाले ७ वटा हेलिप्याडसमेत निर्माण गरेको छ । हतियारले भरिएका सवारी तैनाथ गरेर राखिएको छ । सैनिक उपस्थित रहेको ठाउँनजिकै ठूलो मात्रामा सडक बनाउने सामाग्री राखिएको छ । स्याटलाइटबाट खिचिएका यी तस्वीर यसै महिनाको भएको बताइएको छ ।
स्याटलाइट तस्वीरमा दोक्लामका कैयौ इलाकामा चिनियाँ सेनाका ट्यांक राखिएको देखिएको छ । आकाशमा मार हान्ने मिसाइल, सैनिक सवारी, तोप, सर्वेक्षण टावरलगायत अन्य कैयौं सैन्य सामाग्री तैनाथ गरिएको छ। केही ठाउँमा ठूलो संख्यामा हतियार तैनाथ गरेको स्पष्ट देखिन्छ ।
भुटानको सीमा क्षेत्रमा भएको विवादमा भारतले चाँसो देखाउँदा लामो समयदेखि विवाद छ । चीनले आफ्नो क्षेत्रमा सडकमा निर्माण गर्न लाग्न खोज्दा भारत त्यहाँ पुगेको थियो । लामो समयको घम्साघम्सीपछि भारतीय सेना पछी हटेको थियो। गएएको जुन १६ मा दोक्लाममा सडक बनाउने विषयमा भारत र चीनबीचको विवाद ७३ दिनसम्म चलेको थियो ।
चीनले दोक्लाममा अगाडि बढेको बेला पाकिस्तानले श्रृंखलाबद्ध रुपमा अाक्रमण गरेको छ । यो संयोग हो वा योजना भन्नेबारेमा भारतमा छलफल हुन थालेको छ । कतिपय संचारमाध्यमहरुले यो संयोग नभएर योजनावद्ध रुपमा चीन र पाकिस्तान अघि बढेको बताएका छन् ।