सिरियामा भएको भिडन्तमा ३७ जनाको मृत्यु

सिरियामा भएको भिडन्तमा ३७ जनाको मृत्यु

  • शुक्रबार, माघ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

सिरिया, ५ माघ ।
सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको जनाइएको छ ।

इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमासरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच आज बिहानैदेखि भिडन्त भईरहेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।

अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण नागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायतमा आधारित मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।

ती सर्वसाधारण सरकारको समर्थनगर्दै आएको रसिया आवद्ध युद्धक विमानको आक्रमणमा मारिएका हुन् ।

यस आक्रमणमा केही सैनिक र अल कायदा आवद्ध फतेह अल सामका लडाकू पनि परेका अब्जरभेटरीले जानकारी दिएको छ । तर उनीहरु के कतिको सङ्ख्यामा छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

अब्जरभेटरीका प्रमुखका रामीकाअनुसार गत हप्तादेखि यता मात्रै सो क्षेत्रमा ४२ सर्वसाधारण र ४८ जना लडाकूको सरकारी सेनाले गरेको कारबाहीमा मारिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ