पञ्चकन्या माईद्वारा शेयर निष्कासन

पञ्चकन्या माईद्वारा शेयर निष्कासन

  • शुक्रबार, माघ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

इलाम, ५ माघ ।

जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ ।

सन्दकपुर गाउँपालिकास्थित बाह्र मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको सो कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिनुभयो ।

शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने छन् । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार ५०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने निर्देशक प्रधानले बताउनुभयो ।

आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाकाका लागि शेयर निष्कासन गरेको हो । कम्पनीले यहाँका स्थानीयवासीका लागि रु ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरेको छ । प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिकाका बासिन्दाले छ लाख ६० हजार तथा इलाम नगरपालिकाका बासिन्दाले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी