फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट पत्ता लाग्यो हत्यारा

फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट पत्ता लाग्यो हत्यारा

  • शुक्रबार, माघ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

क्यानाडा, माघ ५ । पछिल्लाे समय सेल्फीमोह बढ्दै गएकाे छ । धेरैजसो फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा सेल्फी पोष्ट गर्दछन् । सेल्फीमोह बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् ।

सेल्फीलाई सामान्य रुपमा लिइए पनि क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद्दतले हत्यारा पत्ता लगाएको छ ।

शायेन एन्टोनी नाम गरेकी एक युवतीले पोस्ट गरेको सेल्फीको मद्दतबाट प्रहरीले हत्यारा पहिचान गरेको हो । एन्टोनीकी साथी ब्रिटनी गैरगोलको हत्या भएको थियो । सन् २०१४ मा भएको सो हत्याको बारेमा अदालतले हालै फैसला सुनाएको हो ।

अदालतले ब्रिटनीको हत्यामा उनकै साथी शायेनलाई दोषी ठहर गरेको छ । प्रहरीका अनुसार ब्रिटनी बेपत्ता हुनु एक दिनअघि शायेनले फेसबुकमा पोस्ट गरेको सेल्फीमा अनुसन्धान केन्द्रीत गरिएको थियो । उक्त सेल्फीमा दुवैजना थिए ।

प्रहरीको ध्यान एउटै कुरामा केन्द्रीत थियो, सेल्फीमा शायेनले लगाएको बेल्ट ब्रिटनीको शवसँगै बरामद भएको थियो । लामो अनुसन्धानपछि प्रहरीले ब्रिटनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ब्रिटनीले अन्ततः हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् ।

केही कुरामा आफूहरुबीच विवाद भएको र आफूले घाँटी थिचेर ब्रिटनीको हत्या गरेको बयान उनले दिइन् । सोही आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ