ल्होसार मनाउने विषयमा किन विभाजित भए तामाङ समूदाय ?

ल्होसार मनाउने विषयमा किन विभाजित भए तामाङ समूदाय ?

टुँडिखेलमा कार्यक्रम गर्न नदिएको भन्दै नेपाली सेनाप्रति अगुवाहरुको आक्रोश

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

४ माघ,काठमाडौं । तामाङ समूदायले वर्षेनि मनाउँदै आइरहेको ल्होसारमा योपटक विभक्त देखिएको छ । यस समूदायले हरेक वर्ष ल्होसार अर्थात नयाँ वर्ष धुमधामसाथ मनाउँदै आइरहेका छन् ।

योवर्ष मनाउने २८५४औं सोनाम ल्होसारलाई तामाङ समूदायका दुई अगुवा संस्था नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङबीच एउटै तीथिमा एक मत हुन नसकेपछि विभक्त भएका हुन् ।

यो समूदायले मनाउँदै आइरहेको सोनाम ल्होसारलाई नेपाल राष्ट्रिय तामाङ घेदुङको अगुवाईमा आज बिहीबार माघ ४ गते भृकुटीमण्डपमा एक साँस्कृतिक महोत्सव आयोजना गरी मनाइरहेका छन् । घेदुङले आजै दिनबाट कुकुर वर्ष शुरु भएको तर्क गर्दै मनाएका हुन् ।

तर नेपाल तामाङ घेदुङले भने आउँदो फागुन ४ बाट मात्र विधिवत् रुपमा वर्ष फेरिने भएकोले उक्त दिनबाट समूदायको नयाँ वर्ष शुरु हुने र सोही दिन ग्याल्बो ल्होसार मनाउने जनाउँदै बिहीबार आयोजना गरिने कुनैपनि ल्होसार कार्यक्रम नयाँ वर्ष प्रारम्भसँग सम्बन्ध नरहेको र अर्थ नभएको जनाएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ नेपाल तामाङ घेदुङभन्दा कान्छो संस्था हो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको अगुवाईमा बिहीबार भृकुटीमण्डपमा आयोजित साँस्कृतिक कार्यक्रममा अतिथिको रुपमा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सविच अजितमान तामाङले तामाङ समूदायलाई विभाजित तुल्याउने उद्देश्यले ल्होसार तीथिलाई विवादित बनाएको बताए ।

सोनाम ल्होसार नै तामाङ समूदायको आधिकारिक नयाँ वर्ष तीथि भएको र यसलाई कसैले छेक्न र बिगार्न नसक्ने दाबी गरे । ‘पूर्खाले मनाएका र हामीलाई मनाउन सिकाएर राखेको ल्होसार सोनाम ल्होसार हो । तर आज हामै्र केही साथीहरुले बिगार्न खोजिरहेका छन् । त्यो साह्य हुँदैन’ उनले भने ।

सोही क्रममा तामाङले भने गलत तत्वहरुले छरेको भ्रममा परी नेपाली सेनाले आफूहरुलाई कार्यक्रम गर्न टुँडिखेलमा नेपाली सेनाले ठाउँ नदिएको भन्दै आक्रोश पोखे । ‘पूर्खाको बेला पनि सेनाले तामाङ समूदायलाई हेपेर राखे । त्यो बानी अझै नेपाली सेनामा रहेछ । त्यसप्रति हाम्रो घोर आपत्ति छ’ सार्वजनिक मंचबाटै  उनले भने । तर यससँगै तामाङ समूदाय कुन ल्होसार मनाउने भन्ने विषयमा मत विभाजित हुन पुगेका छन् । जुन भएपनि सिंगो तामाङ समूदायले एउटै ल्होसार मनाउनुपर्नेमा भृकुटीमण्डप कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

कार्यक्रमका लागि स्थान उप्लब्ध नगराउने षडयन्त्रमा पुराना घेदुङका मान्छेहरु लागिपरेको आरोप समेत उनले लगाए । कार्यक्रमका प्रमुख अतिथि राजदूत कमान सिं लामा थिए । उनीहरुले सेनाले टुँडिखेलमा ठाउँ नदिएपछि भृकुटीमण्डपमा कार्यक्रम अायोजना गरेका थिए । मञ्च खडागरी आयोजित महोत्सवमा अहिले साँस्कृतिक कार्यक्रम चलिरहेको छ ।

नियमित तीथि अनुसार यो समूदायमा वर्षमा १२ वटा महिनालाई अलगअलग जनावर संकेतलाई चक्रीय गतिमा आधार मानेर नयाँ वर्ष शुरु भएको मानिन्छ । सोहीअनुरुप यो वर्ष चरा वर्ष पूरा भएर कुकुर वर्ष प्रारम्भ भएको मान्यतामा नयाँ वर्ष मनाइएको हो । यसैलाई आधार मानेर तामाङहरुले आफ्नो उमेर वर्ष तय गर्ने गरिन्छ । आफ्नो उमेर थाहा पाउने विधि पनि यसैलाई मान्दै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ