प्रदेश राजधानी नदिएको आक्रोश : डोटीमा प्रधानमन्त्री देउवाको शवयात्रासहित अन्तिम संस्कार

प्रदेश राजधानी नदिएको आक्रोश : डोटीमा प्रधानमन्त्री देउवाको शवयात्रासहित अन्तिम संस्कार

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

डोटी, ४ माघ ।

प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा डोटीमा पनि प्रदर्शन चर्किएको छ ।
लामो समयदेखि आन्तोलनरत डोटीबासीले आज आफुहरुको माग सुनुवाई नभएको भन्दै प्रधानमन्त्री तथा काग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् ।बुधबार सरकारले प्रदेश ७ को मुकाम राजधानी धनगढी तोकेपछि आन्दोलन् झन् झन् चर्किएको हो ।

दिपयाललाई राजधानी नबनाए नेपाली नागरिकता त्याग्ने चेतावनी समेत दिईसकेका डोटीबासीले यस अघि पनि लेखराज भट्ट र देउवाको पुतला जलाएका थिए । डोटीमा आन्दोलन चर्किएपछि यातायात ठप्प हुदा छिमेकि जिल्ला र बाजुराबाट आवत जावत गर्न कठिनाई भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरेको बिरोधमा नेपाली कांग्रेसका ३५ जना स्थानीय नेताहरुले राजीनामा दिएका छन् । ७ नम्बर प्रदेशको मुकाम डोटी  राख्नुपर्ने माग गर्दै ती नेता-कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए । तर सरकारले कैलाली तोकेपछि  बिरोधमा बुधवार राति नेपाली कांग्रेसका ३५ जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।

‘राजधानी धनगढी सारिनुले डोटी र डोटीबासीको परिचयसंग सामिप्यता गाँसेका सम्पूर्णजनहरुको आज घोर अपमान भएको महसुस भएको छ । सरकारको निर्णयले प्रदेश नं. ७ का पहाडीवासी सबैैलाई अन्याय भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसको साधारण सदस्य समेत त्याग्नु बाध्यात्मक कदम भएकाले हामी डोटीमा क्रियाशील अन्य राजनीतिक सहयात्रीहरुलाई डोटेली जनताको आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै जनताको साथमा सडकमा रहने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ