प्रचण्डको चुनावी खर्च रु नौ लाख ९४ हजार

प्रचण्डको चुनावी खर्च रु नौ लाख ९४ हजार

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चितवन, ३ माघ ।
नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यको निर्वाचनको खर्च विवरण पेस गर्नुभएको छ ।

उहाले चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ ।

दाहालले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने रु नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिनुभयो । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले रु १५ लाख खर्च गर्न पाउने नियम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ