नेकपाको केन्द्रीय समिती बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

नेकपाको केन्द्रीय समिती बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समिक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागीताले वर्ग संघर्षलाई उचाईमा पुर्याएको भन्दै खारेज चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने बैठकले ठहर गरेको छ । बैठकले तीन महिने भण्डाफोर अभियान चलाउने निर्णय समेत गरेको छ । यही माघ १५ गतेबाट सुरु हुने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ मेचीदेखि महाकालीसम्म चल्नेछ ।

राजधानी बाहिर बसेको बैठकले प्रचण्ड– बाबुरामको नेतृत्वमा विचलित पार्न खोजिएको माओवादी आन्दोलनलाई वैचारिक रूपले सुढृढ गर्न अभियान संचलान गरिने लागिएको एक नेताले बताए ।

त्यसैगरी अभियानको क्रममा क्रान्तिकारी तथा देशभक्त जनसमुदायका बीचमा ध्रुवीकरणलाई पनि जोड्नेछ ।
कम्युनिस्ट र वामपन्थीको नाममा जनचेतना, पहलकदमी तथा सचेतनपक्षलाई कमजोर बनाउने र त्यही मौकामा भयानक राष्ट्रघात र जनदमन गर्ने सम्भावना रहेको बताउँदै नेकपाले जनतालाई ब्युँझाउन अभियान संचालन गर्न लागिएको बताइएको छ ।

तीन महिने अभियानको क्रममा नेकपाले पाँच लाखभन्दा साना ऋणीको ब्याज मिनाहा गर्नुपर्ने, सुकुमबासीलाई गाँस, बास र रोजगारीको व्यवस्था नगरी थातथलोबाट उठाउन नपाउने, भष्ट्र र दलाललाई कारवाही गर्नेलगायतका कार्यक्रम रहेको बताइएको छ ।

अभियानमा महासचिव विप्लवलगयातको शिर्ष नेताहरु सहभागी हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी सरकारले चुनावलगत्तै पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य उपभोग्यवस्तुको मूल्यवृद्धि गरेर जनतामा आक्रोश पैदा गराएको भन्दै नेकपाले त्यसका बिरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताएको छ ।

स्थानीय निकायले लोकतन्त्र, लोककल्याण र राहतबिनाको थेग्नै नसक्ने अकल्पनीय कर थोपरेकाले त्यसबिरुद्ध आन्दोलनको सिर्जना गर्ने नेकपाको तयारी छ । सथानीय निकायको चुनावपछि जनताको ढाड भाच्नेगरी करको भार थोपरेको जनगुनासो आएइरहेको भन्दै नेकपाले त्यसबिरुद्ध आन्तरिक तयारी गरेर आबस्यक निर्णय गर्दै कारवाही अगाडी बढाउने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ