काठमाडौं, माघ ३ । भारतको तमिलनाडुका दुई छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको साँढे दौड प्रतियोगितामा ३ जनाको मृत्यु भएको छ ।
घटनामा सय जना घाइते भएका छन् । प्रत्येक बर्ष आयोजना गर्दै आएको जल्लीकट्टु नामको यो खेलमा साँढेलाई नियन्त्रणमा लिन नसक्दा उक्त घटना भएको हो ।
वर्सेनी आयोजना हुने यो खेलमा अप्रिय घटना हुन थालेपछि भारत सरकारले प्रतिबन्ध लगाएको थियो । यद्यपी भारतभर यसको विरोध हुन थालेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।
विशेष गरी साँढेलाई निर्धा्रित बाटोमा दौडाएर नियन्त्रणमा लिने प्रतियोगितामासाँढेले नियन्त्रण गुमाउँदा यस्ता घटना हुने गरेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
