२ माघ, काठमाडौं । गुण्डा नाइके राजिव गुरुङ ‘दीपक मनाङे’ सांसद पद खोसिएको छ । नेकपा एमालेको पूर्ण सहयोगमा मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपक मनाङे संसद भवनमा होइन जेल जाने भएका छन् । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद नहरने भएको छ ।
मंगलबार १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च अदालतले छ वर्ष जेल सजाय सुनाएपछि उनी सांसद पद खोसिएको हो ।सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ ।
चुनावमा एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई फिर्ता लिएर मनाङेलाई जिताएको थियो । गुण्डा नाइकेलाई उम्मेदवारी दिएको भन्दै चौतर्फी विरोध हुन थालेपछि एमालेले एक कार्यकर्तालाई उम्मेदवारी दर्ता गर्न लगाएको थियो । विस्तारै विरोध मत्थर भएपछि आधिकारिक उम्मेदवारलाई फिर्ता गरेर मनाङेलाई सघाएको थियो ।
नेपालको संविधानमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद बन्न नसक्ने व्यवस्थाअनुसार अब मनाङे पद घुमेको हो । संविधानको धारा १७८ को उपधारा ‘घ’ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति प्रदेशसभा सांसद बन्न अयोग्य हुने उल्लेख गरिएको छ ।
गुण्डाराज छोडेर मनाङे राप्रपा प्रवेश गरेर मनाङको जिल्ला अध्यक्ष बनेका थिए । चुनावको मुखमा एमालेमा प्रवेश थिए ।
मनाङेले १ हजार ४ सय १० मत ल्याएर विजयी भएका थिए । उनले नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गरेका थिए ।
सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका डन गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।