सर्वोच्च अदालतमा एकै प्रकृतिका मुद्दामा दैनिक पेशी तोकीसमूहगत सुनुवाइ शुरु

सर्वोच्च अदालतमा एकै प्रकृतिका मुद्दामा दैनिक पेशी तोकीसमूहगत सुनुवाइ शुरु

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

 

काठमाडौँ, २ माघ।

सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर आजदेखि दैनिक पेशी तोकी समूहगत सुनुवाइ शुरु गरेको छ ।

समूहगत सुनुवाइका क्रममा आज चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ शुरु गरिएको हो । समूहगत सुनुवाइका लागि न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको संयुक्त इजलासमा जग्गा दर्ता, नामसारी, गुठीजस्ता मुद्दामा र न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागूऔषध र नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ भयो ।

न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा माना चामल, बहुविवाह, करकापलगायत विषयमा र प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा जालसाजी, करकापलगायत मुद्दामा सुनुवाइ भयो ।

सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्दा छिटो मुद्दाको किनार लाग्ने र न्यायमा पहुँच बढाउने उद्देश्यले आजदेखि दैनिक पेशी नै तोकेर समूहगत सुनुवाइ शुरु गरेको जानकारी दिनुभयो ।

अहिले सर्वोच्च अदालतमा २२ हजारको हाराहारीमा पुराना मुद्दा रहेको र ती मुद्दाको तीव्र रुपमा सुनुवाइ गर्न र पुराना मुद्दालाई प्रभावकारी रुपमा सकेर नागरिकलाई राहत मिल्ने सोचका साथ समूहगत सुनुवाइ शुरु गरेको समेत उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ