नेप्सेमा एकै दिन १७ अंकको गिरावट आयो

नेप्सेमा एकै दिन १७ अंकको गिरावट आयो

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, माघ २ ।
शेयर बजार परिसूचक नेप्से आज १७ अंकभन्दा धेरैले घटेको छ ।
आइतबार १४ सय ३० दशमवल ६ विन्दुमा बन्द भएको नेप्से मंगलबार १७ दशमलव ३९ अंकले घटेर १४ सय १३ दशमलव ७ विन्दुमा झरेको हो ।

सबै समूहको परिसूचक घटेको दिन आज सवैभन्दा धेरै जलविद्युत समुह १ सय अंकले घटेको छ । त्यस्तै विमा ८८ दशमलव ६, विकास बैक १५ दशमलव ९, लघुवित्त १७ दशमलव ७ र बैंकिङ समुह १२ दशमलव ३ अंकले घटेको छ ।

आज कारोबार रकम पनि घटेको छ । जम्मा ३६ करोड २२ लाख रुपैयाँको मात्र शेयर किनबेच भएकोमा आज सबैभन्दा धेरै सानिमामाइ हाइड्रोपावर लिमिटेडको शेयर ५ करोड ४५ लाखभन्दा धेरैको किनबेच भएको छ ।

त्यसैगरी नबिल बैक, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्सलगायत कम्पनीको शेयर पनि आज धेरै कारोबार भएका कम्पनीको सूचीमा परेका छन. ।

समग्र बजार घटेपनि आज नबिल सम्बृद्धि फण्डका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् । त्यस्तै सिन्धु विकास बैकको झण्डै ८ प्रतिशत र चिलिमे जलविद्युत कम्पनीको ७ प्रतिशत भाउ घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी