काठमाडौं २ माघ, ।
उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबिच आज भेट वार्ता भएको छ ।
उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा भएको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताउनु भएको हो ।
उहाले नेपाल र भारतबीचको युगौंदेखिको सम्बन्ध साँस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने धारणा व्यतm गर्नुभएको हो ।
साथै उपराष्ट्रपति पुनले आउँदै गरेको भारतको ७० औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेताहरु र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताउनु भएको छ ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नेपाली जनताको सार्वभौम निर्णय भएकोले भारत त्यसलाई स्वागत र सम्मान गर्ने बताउँदै उहाले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ गरेको बताउनु भयो ।
राजदूत सिंहले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सीमित नरही जनस्तरसम्म जरा गाडेको बताउदै प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको सिंहको भनाई थियो ।