वाफबाट खतरा छैनः भूगर्भशास्त्री

वाफबाट खतरा छैनः भूगर्भशास्त्री

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

लमजुङ, २ माघ ।

स्थानीय सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् ।

जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास्त्री ल्याएर परीक्षण गरेको थियो ।

परीक्षणपछि जमिनबाट निस्किएको बाफ सामान्य भएको भूगर्भशास्त्री अनिरुद्र पौडेलले बताउनुभयो । उहाँले जमीनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको बताउनुभयो । जमिनबाट निस्किएको बाफ सामान्य भएको बताउँदै भूगर्भशास्त्री पौडेलले विचलित नहुन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
विशेष गरी बिहान र बेलुकी धुवाँजस्तै तातो बाफको मात्रा बढी आउन थालेपछि स्थानीयवासीले आवश्यक परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ