झण्डै ४ बर्ष कारागार जीवन बिताएका अग्रज पत्रकार थापाको निधन

झण्डै ४ बर्ष कारागार जीवन बिताएका अग्रज पत्रकार थापाको निधन

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

इनरुवा, २ माघ ।
सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा निधन भएको छ ।

दम रोगबाट ग्रसित ७१ वर्षीय थापा केहि सातादेखि उपचाररत हुनुहुन्थ्यो । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिनुभएको थियो ।

उहाँले २०४७ फागुन २४ गते योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत हात पार्नुभएको थियो ।

विराटनगरमा स्थापित प्र्रेस क्लबका संस्थापक सदस्य थापाले ‘मातृभूमि’ साप्ताहिकबाट पत्रकारिताको थालनी गर्नुभएको थियो । थापाले ‘प्रगति’, ‘करेन्ट’लगायत विभिन्न छापामाध्यममा काम गर्नुभएको थियो ।

थापाले पत्रकारिताका कारण विभिन्न समयमा गरी छ पटकमा तीन वर्ष नौ महिना १७ दिन कारागार भोग्नुपरेको थियो । थापाको निधनप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुनसरी शाखाले दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ