१ करोड फिरौती मागिएका अपहरित बालकको पूर्वमन्त्री कँडेलको पहलमा उद्दार

१ करोड फिरौती मागिएका अपहरित बालकको पूर्वमन्त्री कँडेलको पहलमा उद्दार

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

२ माघ,नवलपरासी । नवलपरासी नेपाली कांग्रेस नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको बिशेष पहलमा अपहरणमा परेका एक भारतीय बालकको सकुसल उद्दार गरिएको छ । गत बिहीवार भारत उत्तर प्रदेश ठुठिबारीबाट १ करोड फिरौती माग रकमसहित अपहरणमा परेका ७ बर्षीय बालक आयुस निगमको सकुसल उद्दार भएको हो ।

बालकको सकुसल उद्दारको लागि पूर्व गृहराज्यमन्त्री एवम् प्रतिनिधी सभा सदस्य देबेन्द्रराज कण्डेलले नेपाल र भारत दुबै क्षेत्रका सबै सुरक्षकर्मीहरुसँग समन्वय गरेर बालकको सकुसल उद्दार गरिएको छ ।

ठुठीवारीका कपडा ब्यवसायी बब्लू निगमका ७ बर्षीय छोरा आयुस निगम ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । कण्डेलको पहलमा नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको विशेष सहयोगमा नेपालसँग सीमा जोडिएको बिहार राज्यको वाल्मीकि नगर जङ्गल क्षेत्रबाट बालकको उद्दार गरिएको हो ।

ठूठीबारीमा रहेको राधाकुमार ईन्टल कलेजको प्रबन्ध सन्चालक समेत रहनुभएका कण्डेलले बालकको अपहरण भएको थाहापाएपछि आफ्नो दायीत्व महशुस गरी दुबै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुसल उद्दार गर्न मद्दत गरेको कण्डेलले जानकारी दिए ।

यसैबिच भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ ठुठीबारी बजारबाट अपहरण गरिएको एक बालकको सकुशल उद्दार गरि अपहरणकारीलाई नियन्त्रणमा लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ