भाईले झुक्याएर आफ्नै दिदीलाई बेचे

भाईले झुक्याएर आफ्नै दिदीलाई बेचे

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

मेरी श्रीमतीलाई उनकै भाइले अवैधानिक रुपमा विदेश पठाए । त्यो पनि मसँग सल्लाहै नगरी । दुईचार पैसा कमाइने लोभ देखाएर बुढी भकी आफ्नै दिदीलाईपनि छाडेनन् ।

मेरी श्रीमती (पार्वती सुनार) अहिले त दूतावासमा आइपुगेकी छन् रे । बल्ल मन अलिकति भएपनि शान्त भएको छ । उनी दूतावासमा आइपुगेपनि मेरो मनमा दन्केको आगो भने पटक्कै निभेको छैन । मेरो सालोले खै सेतै कपाल फूलेकी बुढीले के कमाउँछे भनेर विदेश पठाए होलान् ? मेरो मनमा यही कुरा खेलिरहन्छ ।

म छोराबुहारी भेट्न काठमाडौं आएको थिएँ । श्रीमती घरमै थिइन् । मलाई कान्छो छोराले नै भने ‘बुवा आमा पनि काठमाडौं आउनुभएको छ रे’ मत छक्क परे । फोन गरेर सोधे भाइसँग पशुपति दर्शन गर्न आएको भनिन् ।

होला भन्ठानेँ । तर त्यसको भोलिपल्टै विदेश पठाएछन् । कहिले पासपोर्ट बनाए, कसरी पठाए मलाई त थाहै छैन । मेरो श्रीमती ४६ वर्ष लागिन् । ३ जना त नानिनातीना छन् । त्यसमाथि ऊ बिरामी पनि छिन् ।

गएको साउनमा लडेर उसको अप्रेशन गरेको छ । माइतबाट फर्किदा बाटोमा लडिछ । बाटो अलिक अप्ठेरो थियो । रातभरी खोज्दा पनि भेटिएन् । भोलीपल्टमात्रै उठेर आइछन् । मैले धुलिखेल अस्पताल ल्याएँ । कलेजो फोक्सोको अपरेसन गरेको  । हात पनि भाँचिएको छ ।

घरको काम त गर्ने नसक्ने दिदीलाई आफ्नै भाइ रामकृष्णले के सोचेर कुवते पठाए होलान् । दिदीको अनुहार देख्दा अलिकति माया लाग्नुपर्ने हो नि ।कंलकीबाट गाडीमा दिल्ली लगेछन् । दिल्लीबाट कुवेतमा पुर्‍याएका हुन रे ।

कुवेतमा घरको काममा रातदिन नभनेर गर्नुपर्ने । त्यसमाथिपनि साहुले कुटपिट गरेर मारुँला झै गर्छन भनेर फोनमा रोइन् । त्यो घरमा उनले कसरी काम गरिन् होला ?

यहाँ घरमा खाना पकाउन नसक्दा म आफैंले पकाएर खुवाउँथे । त्यस्तो मान्छेले बेकारमा पराइ देशको मान्छेको कुटाइखान प¥यो । भाइले घरमा आएर फकाएर पठाएछन् । मलाई पनि ढाँट्न लगाए । पछि दुःख पाएपछि मात्रै पो भनिन् ।

बुढेशकालमा उनले उता दुःख पाइन् । मेरो यता उस्तै हाल छ । श्रीमती त्यसरी विदेश पुगेको थाहा पाएदेखि मलाई घरमा बस्न मन लाग्दैन । म त कहाँ जान्छु कहाँ खान्छु मलाई नै थाहाँ हुँदैन् । धेरैदिन त रुख मुनी सुते ।

दिदीको छोरो मानेले पो दिल्ली पुर्‍याएको रहेछ । बल्ल पो थाहा पाउँदै छु । सालोलाई निकालिदेउ छिटो किन त्यसो गरेको भन्दा मलाई र मेरो छोराहरुलाई पनि मारिदिन्छु भन्छन ।सालोले त मलाई कुट्यो पनि ।

एकचोटी फोनमा कुराहुँदा मेरो जिन्दगी त खत्तम भयो । मलाई त कहाँ लगे कहाँ भनेर रोएकी थिइन् । न उसलाई फोन गर्न आउछ न उठाउन् । काम गरी खाने मलाई आफन्तले नै बिजोग बनाइदिए ।

मलाई साह्रै टेनसन भएको छ । म त पागल जस्तै भइसकेँ । बुढेशकालमा अनेक आइलाग्यो । पावर्ती चाँडै घर आए हुनेथियो । मलाई झुक्याएर आफ्नै दिदीबेच्ने मेरो सालोलाई भलो नहोस् । रीना श्रेष्ठले गरेको कुराकानीमा आधारित । -उज्यालो अनलाईनबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ