प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला पर्याे , जुम्रा र उपियाँबाट पनि संक्रमण ! 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला पर्याे , जुम्रा र उपियाँबाट पनि संक्रमण ! 

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, माघ २ । मानव इतिहासकै सबैभन्दा भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात (ब्ल्याक डेथ)का लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।

शृङ्लाबद्ध रुपमा फैलिएको प्लेगको संक्रणले महामारीको रुप लिएपछि यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ ।

अहिलेसम्म मुसाको कारण प्लेगको संक्रमण फैलिएको बताइदै आईए पनि पछिल्लो खोजले यसलाई चुनौती दिएको छ ।

युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताले प्लेगसहितका महामारी फैलिनुमा मुसा नभई उपियाँ र जुम्रा रहेको अनुमान छ ।

यो रोग लागेपछि मुसाहरुले यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म ओसारेको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताए ।

महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो ।

चौधौं शताब्दीमा मात्रै २ करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औं शताब्दीसम्म शृङ्लाबद्ध रुपमा फैलिएको थियो ।

यसले गर्दा समग्रमा सात करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ