चीनमा सुरू भयाे साँस्कृतिक क्रान्ति ! चर्चमाथि डोजर र बम एकैसाथ

चीनमा सुरू भयाे साँस्कृतिक क्रान्ति ! चर्चमाथि डोजर र बम एकैसाथ

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

१ माघ,काठमाडौं । माओकालिन चीनको झल्को आउने गरी चिनियाँ प्रहरीले चर्चलाई भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

सी जिनपिङ राष्ट्रपति भएपछि अवैध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै चर्च बन्द गर्ने नीति लिएको बताइएको छ ।

चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा आधा दर्जन चर्च भत्काइसकिएको छ ।

तत्कालिन पार्टी अध्यक्ष माओले पनि जनवादी सत्ताविरुद्ध सांस्कृतिक हमला भएको बताउँदै धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । अहिले पार्टी प्रमुख तथा राष्ट्रपति सी जिन पिङले पनि माओले जस्तै कदम उठाएको विश्लेषण गर्न थालिएको छ ।

कम्युनिस्ट देश भएका कारण धार्मिक स्वतन्त्रता भएपनि चर्चमार्फत पश्चिमा देशहरुले चिनियाँ संस्कृतिमाथि हस्तक्षेप बढाएको भन्दै डोजर र बम विस्फोट गराएर चिनियाँ सरकारले चर्चहरु भत्काउन सुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ