१ माघ,काठमाडौं । भारतीय सेनाको गोली लागेर चार जना पाकिस्तानी सैनिकहरुको मृत्यु भएको छ ।
सीमा क्षेत्रमा भारतीय सेनाले गोली प्रहार गर्दा आफ्ना सैनिकहरुको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।
कश्मिरमा भएको क्रस बोर्डर फायरिङमा ती सैनिक मारिएका थिए । भारतीय पक्षले भने पाकिस्तानी सेनाले आइतवार राति युद्धविरामको उलंघन गर्दै गोली चलाएपछि जवाफी कारबाही गरेको जिकिर गरेको छ ।
भारतीय सेनाले भने उडी क्षेत्रमा सीमा पार गरिरहेका जैस ए मोहम्मदका ६ जना आतंककारीलाई मारेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाले आफ्ना सैनिकको हत्या गरेको भन्दै कडा आपत्ति जनाएको छ । पाकिस्तानी सेनाले बदला लिने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline