महरा-अनन्‍तका जनयुद्धकालिन गुरु फेरि मैदानमा अाउँदैछन् ,भन्छन् – ग्राउण्ड खाली हुँदैछ

महरा-अनन्‍तका जनयुद्धकालिन गुरु फेरि मैदानमा अाउँदैछन् ,भन्छन् – ग्राउण्ड खाली हुँदैछ

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१ पुस,काठमाडौं । माओवादी नेता लोकेन्द्र विष्टमगरले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि सच्चा कम्युनिस्टहरुको लागि ग्राउण्ड खाली हुने बताएका छन् ।

एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने पार्टी कम्युनिस्ट नहुने संकेत गर्दै नेता विष्टले असली कम्युनिस्ट पार्टीको आवश्यकता हुने बताए ।

पार्टीले गलत लाइन लिएको बताउँदै राजिनामा दिएर बसेका नेता विष्टले एमाले र माकेको एकतालाई अबसरवादी र सुधारवादीको जमघट भन्दै आलोचना गरिरहेका छन् ।

एक अन्तरवार्ताको क्रममा विष्टले अब सच्चा कम्युनिस्ट पार्टीको आवश्यकता हुने बताउँदै त्यसको लागि आफूले लाग्ने बताएका छन् । आफू त्यसको लागि लाग्ने संकेत गरे ।

राप्तीबाट सबैभन्दा पहिले जनयुद्धमा लागेका नेता विष्टले दिएको राजिनामा स्वीकृत त भएको छैन तर पार्टीका कुनैपनि गतिविधिमा छैनन् । उनी हाल कालो धानको खेती गरिरहेका छन् ।

विष्ट जनयुद्धमा पूर्णकालिन भएर वर्ग संघर्षमा सहभागी भइरहँदा माके नेता कृष्णबहादुर महरा पढाइरहेका थिए भने प्रभाकर जागिर गरिरहेका थिए । त्यसैगरी अर्का नेता वर्षमान पुन अध्ययन गरिरहेका थिए । उनकै प्रेरणाले राप्तीका धेरै जनयुद्धमा लागेका छन् ।

जनयुद्धको सुरुवाती चरणमा राप्तीबाट एक्लो केन्द्रीय सदस्य हुन् । माओवादी केन्द्रको सरकार हुँदा दुई पटक मन्त्री भइसकेका नेता विष्टले राजनीतिक भेटघाटलाई बढाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ