१ माघ,काठमाडौं । जनजाती अगुवा अाङकाजी शेर्पाले अाफू कुनै जाती विरोधी नभएर उत्पीडित वर्ग र समुदायको पक्षमा उभिएको बताए । उनले अाफू उत्पिडनमा परेका बाहुनहरुको नभएर केपी, प्रचण्ड र रामचन्द्र पौडेलजस्ता सिंहदरवारभित्र बसेर सत्ताको दुरुपयोग गर्नेको विरोधी भएको बताए ।
”जातिय रूपमा म बाहुन बिराेधी हाेइन मैले बारम्बार भन्ने गरेकाे छु । बर्गीय र लैङ्गिक उत्पिडनमा परेका बाहुन र बाहुनीकाे बिराेधी हाेइन निश्चित रूपमा सिंहदरबारभित्र बस्ने केपी अाेली, प्रचण्ड, रामचन्द्र पाैडेलजस्ताा शासक बाहुहरूकाे घाेर बिराेधी हाे” अाङकाजीले भने । नेपालका बाहुन नेताहरुले अादीबासी जनजाती प्रयोग गरेर सत्ता कब्जा गर्ने र त्यसपछि भाषिक र सांस्कृतिक दवाव सिर्जना गर्ने गरेको बताउँदै शेर्पाले अाफू त्यस्तो बहुन नेताको विरोधी भएको बताए ।
पृथ्वीनारायण शाहको निधारमा थुकेको विषयमा सामाजिक संजाल र संचारमाध्यमहरुमा विरोध भइरहेको अवस्थामा अाङकाजीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको निधारमा थुक्नु पर्ने बेला सम्भावना रहेको बताउँदै शेर्पाले भने,“पृथ्वी नारायण शाहको मात्र होइन प्रचण्डको निधारमा थुक्ने दिन नआओस् ।”
सरकारले सार्वजनिक विदा दिएर पृथ्वीजयन्ती मनाइरहेको दिन पुस २७ गते शेर्पाको अगुवाइमा जनजाती अगुवाहरुले काठमाडौंको किर्तिपुरमा सांकेतिक रुपमा पृथ्वीनारायण शाहको निधारमा सामुहिक रुपमा थुकेका थिए । पृथ्वीनारायण शाहले १२ धार्नी मानिसहरूकाे नाक कान काट्ने जस्ताे अमानवीय काम गरेको बताउँदै शेर्पाले पुस २७ गते एकता दिवस मनाउन नहुने बताए ।
”१२ धार्नी मानिसहरूकाे नाक कान काट्ने जस्ताे अमानवीय काम गरेका छन् । इतिहास नै गलत लेखियाे नाक कान काटेकाे कुरा उल्लेख छैन जित्नेहरूले लेखेकाे इतिहासमा हार्नेहरूकाे कुरा हुँदैन । पृथ्वीनारायणकै कारण अाज अादिवासी जनजातिहरू पछाडि पर्नुपरेकाे हाे” शेर्पाले भने ।
एक अनलाइनसँगको अन्तरवार्ताको क्रममा शेर्पाले नेपालकाे इतिहास गलत ढङ्गले लेखिएकाे भन्दै सच्याउनु पर्ने बताए । उनले किर्तीपुरबासीमा जुन खालकाे मानसिक पिडा छ त्यसप्रति सरकारले माफी माग्नु पर्ने तर्क गरे ।
संघीयता, धर्मनिरपेक्षता जस्ता कुराकाे पक्षमा बाेल्ने जनजाति नेताहरूलार्इ समाचारमा स्थान नदिकाेले पत्रकारहरू समेत बिभेदकारी भएकाे उनकाे अाराेप छ ।