घर्तीले प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने !

घर्तीले प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने !

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

१ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । घर्तिमगरले एक महिनाभित्र द्वन्द्व पीडितहरुले अाफूहरुले न्याय नपाए सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन् ।

जनयुद्धको क्रममा अाफूहरु माओवादीबाट पीडित भएको बताउँदै घर्तिमगरले तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए जनयुद्ध शुरु भएकै दिन अर्थात फागुन १ गतेबाट राजधानीको टुडिँखेलमा अनसन तथा धर्ना बस्ने उत्रिने चेतावनी दिएका छन् । नेता घर्तिमगरले सोमबार काठमाडौंका पत्रकार सम्मेलनको अायोजना गरेर सो चेतावनी दिएका हुन् ।

सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्ती नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् । पत्रकार सम्मेलनमा घर्तीले अाफ्नो पार्टी काँग्रेस सरकारमा भएपनि उपचारको लागि निवेदन दिएपनि कुनै सुनुवाइ नभएको बताउँदै भने,‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाई भएको छैन्, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराईयोस् भनि विनम्र अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनमा घर्तीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६० हजार द्वन्द्व पीडितहरुसमक्ष माफी माग्नुपर्ने उनले बताए । सरकारले गठन गर्न आयोगहरु पैसा कमाउने र जागिरमा परिणत भएका बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले कुनैपनि काम नगरी एकवर्षे म्याद थप्न खोजिरहेको अारोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ