ज्यानको बाजी लगाएर सडक निर्माणमा सेना , माघ दोस्रो सातामा दुनैसम्म राष्ट्रिय सडक जाडिने

ज्यानको बाजी लगाएर सडक निर्माणमा सेना , माघ दोस्रो सातामा दुनैसम्म राष्ट्रिय सडक जाडिने

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

डोल्पा, १ माघ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै छिट्टै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य तीन किमी मात्रै बाँकी रहेको जानकारी दिदैँ सेनाले तीव्र गतिमा काम भईरहेको बताएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ ।

डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माण कार्य बा“की रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो ।

उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा भने चुनौती रहेको उहाँले बताउनु भयो ।

माघ दोस्रो साताभित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरासुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारीमा रहेको पनि पहाडिले जानकारी दिनुभयो ।

उद्घाटन लगत्तै जिप, ट्र्याक्टरलगायतका हलुका यातायातका साधन सञ्चालन सुरु गरिने जनाईएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ सालमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीद्वारा उद्घाटन गरेर यातायात सञ्चालनमा ल्याइएको थियो ।
गोतामकोटदेखि त्रिवेणीसम्म यातायात सञ्चालनमा ल्याइएपछि तल्लो डोल्पाका जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीयवासी सरोज थाले बताउनुभयो ।फोटो : गुगल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ