१ माघ,काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका नवनिर्वाचित सांसद नवराज सिलवाल नेपालमै रहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले पक्राउ पूर्जी काटेपछि एकाएक गायब भएका सिलवाल पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन मलेसिया पुगेको बताइएको थियो ।
संचारमाध्यमहरुलाई परिवारमार्फत सिलवालले अाफू फरार नभएको र पूर्वनिर्धारित कार्यक्रमको लागि मलेसियामा रहेको भन्दै अनुसन्धानमा सघाउने बताएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकक गएपछि त्यहाँ भेट भएको समाचार पनि सिलवाल स्रोतबाटै अाएको थियो । त्यसअघि उनी मलेसियाबाट अमेरिका उठेको बताइएको थियो ।
उक्त मितिमा सिलवाल अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको रेकर्ड नै नभेटिएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । कति संचारमाध्यमहरुले सिलवाल स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको बताएका थिए । तर, सिलवाल स्रोतबाट अाएको जानकारीअनुसार पक्राउ पूर्जी काट्नुअघि नै मलेसिया पुगेको बताइएको थियो । त्यतिबेला विमानस्थलबाट नभएर भारत पुगेर जानुपर्ने कुनै कारण थिएन ।
प्रहरी उच्च स्रोतका अनुसारले सिलवाल विदेश नगएको निष्कर्ष निकालेको बताइएको छ । सिलवालले मलेसिया पुगेको भनेर नाम लिएको एयरलाइन्स उक्त दिन उडान नभरेको र कार्यक्रम भनिएको स्थानमा कुनै कार्यक्रम नभएको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । सिलवालले छक्याउन झुट कुरा गरेको प्रहरीले निष्कर्ष छ ।
कहाँ हुन सक्छन् सिलवाल ?
प्रहरीले सिलवाल नेपालमै रहेको भन्दै खोजी कार्यलाई तीब्र पारेको छ । सिलवाल काठमाडौंमा लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान हुन सक्छ । त्यसको लागि पहिलो सेल्टर नेकपा एमालेका शिर्ष नेताहरुको निवास हुन् । दोस्रो काठमाडौं छेउछाउका होटल तथा रिसोर्ट र तेस्रोमा माओवादी केन्द्रका नेताहरुको निवासमा लुकेर बसेको हुन सक्ने प्रहरीको अाशंका छ । नेताहरुको घरमा बस्दा प्रहरीले छापा मार्न नसक्ने भएका कारण सुरक्षित सेल्टर हुन सक्छ ।
त्यसैगरी पूर्वप्रधानन्यायाधीश र प्रहरी अधिकारीको घरमा पनि लुकेर बसेको हुन् सक्ने प्रहरीको अाशंका गरेको छ । सिलवाललाई प्रहरी प्रमुख बनाउन ज्यान फालेर लागेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले पनि सिलवाललाई लुकाएर राखेको हुन सक्ने प्रहरी अधिकारीहरुले अाशंका गरेको बताइएको छ । कार्कीले अाफ्नै नीवासमा वा केही पूर्वन्यायाधीशको निवासमा सेल्टरको ब्यवस्था गरेको हुन सक्ने भन्दै खोजिको दायार फराकिलो बनाएको छ ।
प्रहरीले नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीमार्फत सिलवला त्यहा भए नभएको सूचना लिइरहेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीले सूचना नदिन सक्ने भन्दै विशेष स्रोत परिचनाल गरेको बताइएको छ ।-अनलाईन डवलीबाट