पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

 

काठमाडौँ, ३० पुस

नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेशमा सम्पन्न ‘मुभमेन्टस् इन एसिया आर कमिङ् टुगेदर इन ढाका’ बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ ।

उहाँ बंगलादेश वर्कर पार्टीको निमन्त्रणामा विशिष्ट अतिथिका रुपमा सहभागी हुन यही पुस २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नवउदारवाद तथा विश्वव्यापीकरणको एसिया क्षेत्रमा बढ्दै गएको प्रभाव, जीवन रक्षाका लागि जनताको संघर्ष र प्रजातन्त्रलगायत विषयमा नेता नेपालले धारणा राख्नुभएको उहाँको सचिवालय सदस्य नितेश पौडेलले जानकारी दिनुभयो ।

एक्काइसौँ शताब्दीमा देखिएका समाजवादका चुनौती र अनुभवका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ