धुवाँधुलो नियन्त्रण गर्न सर्वोच्च अदालतको परमादेश

धुवाँधुलो नियन्त्रण गर्न सर्वोच्च अदालतको परमादेश

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं ,३० पुस।सर्वोच्च अदालतले धुवाँधुलो नियन्त्रण गर्न परमादेश जारी गरेको छ। न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शम्शेर जबराको संयुकत इजालासले धुवाँधुलो प्रदुषण नियन्त्रणका सम्बन्धमा आइतबार परमादेश जारी गरेको हो। वातावरणीय विकास तथा संरक्षण कानून मञ्चको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले दर्ता गरेको मुद्दाको फैसला गर्दै इजलासले धुवाँधुलो परमादेश जारी गरेको हो।

निवेदक श्रेष्ठले गत वर्ष माघ १० गते काठमाडौं उपत्यका भित्र कुनै पनि निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गरेर मात्र आयोजना सञ्चाल नगर्न-गराउन, विभिन्न किसिमको निर्माण कार्यबाट उत्सर्जन भएको माटो, फोहरमैला, कार्यस्थलमावा बाटो तथा सडकमा छोडेको कारणले अवरोध पुग्नुको साथै वातावरणमासमेत प्रदुषण हुने भएकोले तत्कालै फोहर मैला हटाई सडक सदैव सफा राख्नु भन्ने विपक्षीको नाममा परमादेश जारी माग गरेका थिए।

 

यस मुद्दामा २०७३ माघ १७ गते, डा. आनन्दमोहन भट्टराईको एकल इजलासले निवेदकको माग बमोजिम काम गर्न विपक्षीका नाममा अन्तरिम आदेश र मुद्दालाई अग्राधिकार दिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ