संखुवासभा जीप दुर्घटनाका सबै मृतकको सनाखत(अपडेट)

संखुवासभा जीप दुर्घटनाका सबै मृतकको सनाखत(अपडेट)

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

संखुवासभा, पुस ३० ।

संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभानतर्फ गएको जीप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुइकेल, पाथीभरा हेदांनाका सुरेश राई र जीप चालकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

दुर्घटनामा परेका सबैजनाको शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका–३, मा पर्नेे सामाटार भन्ने स्थानमा आज दिउँसो १२ बजे दुर्घटना भएको थियो ।

घटनास्थल निक्कै भीरालो भएकाले घटना भएको ४ घण्टापछि शव निकालिएको प्रहरीले जनाएको छ । जीप स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको रहेको प्रजिअ जोशीले बताउनुभयो ।

जीप सडकबाट करिब ३ सय मिटर तल झरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । जीप कसरी दुर्घटना भयो भन्ने विषयमा कुनै जानकारी नपाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ