काठमाडौ , पुस ३० ।
भारतलाई पाकिस्तानले सैन्य कारवाहीको धम्की नदिन चेतावनी दिएको छ ।
भारतका स्थल सेनाध्यक्ष जनरल बिपीन रावतको भनाईपछि पाकिस्तानले कडा प्रतिक्रिया जनाउँदै त्यस्ता धम्की नदिन चेतावनी दिएको हो ।
पाकिस्तानले भारतबाट हुने कुनै प्रकारको हमलाको कडा प्रतिवाद गर्न आफू सक्षम रहेको दावीसमेत गरेको छ ।
भारतीय सेनाध्यक्ष रावतले बुधबार पाकिस्तानभित्रै पसेर आक्रमण गर्न पनि पछि नपर्ने बताएका थिए । सरकारले आदेश दिएमा पाकिस्तानी सीमा भित्रै पसेर आक्रमण गर्न भारतीय सेना तयार रहेको उनको भनाई थियो ।
जवाफमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानको सरकारी टेलिभिजनसँग कुरा गर्दै भारतलाई आफ्नो देशको धैर्यको परीक्षा लिन चाहेको त्यसको परिणामका लागि पनि तयार रहन चेतावनी दिएका छन् ।
पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले पनि ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै भारतीय सेनाध्यक्षको भनाईको आलोचना गरेका छन् ।