फाेनबाट धम्की आइरहेको भन्दै आङकाजी शेर्पाले दिए चेतावनी ,कसैले गाेली ठाेक्छ भने तयार छु

फाेनबाट धम्की आइरहेको भन्दै आङकाजी शेर्पाले दिए चेतावनी ,कसैले गाेली ठाेक्छ भने तयार छु

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

३० पुस,काठमाडौं । जनजाती अगुवा आङकाजी शेर्पाको बारेमा सामाजिक संजार र संचारमाध्यमहरुमा दुई खाले प्रतिक्रिया आइरहेका छन् । एक थरीले विरोध त अर्को थरीले समर्थन ।

पुस २७ गते पृथ्वीनारायण शाहको शरीरमाथि थुकेपछि शेर्पाको पक्ष र विपक्षमा सामाजिक मनोविज्ञान बाँडिएको हो । सरकारले सार्वजनिक विदा दिएर शाहको जन्मजयन्ती मनाइरहेका बेला शेर्पासहितका जनजाती अगुवाहरुले किर्तिपुरमा ठूलो अक्षरमा पृथ्वीनारायण शाह लेखिएको कागजमाथि थुकिरहेका थिए । त्यो भन्दा पहिले सरकारले दिएको विदाको विरोधमा नारा लगाएका थिए । उनीहरुले पृथ्वीनारायण शाहलाई हत्यारा भन्दै एकताको प्रतिक हुन नसक्ने बताएका थिए ।

शेर्पालाई समर्थन गर्नेभन्दा पनि विरोध र गाली गर्नेहरुको संख्या धेरै छ । अहिले पनि उनको फोटोमा असभ्य र अश्लील शब्द प्रयोग गरेर टिप्पणी भइरहेका छन् ।

यसैबीच शेर्पाले एक अनलाइनलाई अन्तरवार्ता दिएका छन् । उनले अन्तरवार्ताको क्रममा आफू कुनै जाती विरोध नभएर उत्पीडित वर्ग र समुदायको पक्षमा लागेको बताएका छन् । उनले आफूलाई बाहुनविरोधको ट्‍याग लगाएको भन्दै आपत्ति समेत जनाए । उनले यसो भनेका छन्,  ‘असनचोकमा खाली खुट्टा माडेको भारी बोक्ने बाहुन दाजुभाईको पक्षमा म सधैँ लड्नेछु, उत्पिडनमा परेका बाहुनको लागि लड्न आङकाजी तयार छ, । शेर्पाले नेपालका सबै शासक ब्राह्मण भएको तर सबै ब्राह्मण शासक नभएको समेत बताए ।

शेर्पाले आफूलाँई फोनबाट धम्की आइरहेको तर आफू नडराउने बताए । उनले मुक्तिको आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि तयार रहेको बताए । ुम डराउँदिन, मुक्तिको लागि आवाज उठाउँदा कसैले रातको १२ बजे गोली ठोक्छ भने पनि आङकाजी शेर्पा डराउने छैन’ शेर्पाले भने । उनले आफूले सत्तामा रहेका ब्राह्मणको प्रबृत्तिको विरोध गरेको उनको दाबी गरे ।

त्यसैगरी शेर्पाले ब्राह्मण समुदायमा पितृसत्ताको कारण महिलाहरु पीडित भएको बताउँदै आफू उनीहरुको पक्षमा रहेको दाबी समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ