पुस २९ ,काठमाडौँ /रीदेन महर्जन
किर्तिपुरको पांगा निवासी नेपालभाषा क्षेत्रका बहुमुखि प्रतिभाका धनि रंगमञ्चकर्मि, गीत लेखन लगायत कवि नाती महर्जन पौष २७ गते विहिबार निधन भएको छ । नेपाल भासा साहित्य क्षेत्रमा ‘नाती पाकः’ उपनामले चर्चित साहित्यकार कवि समाजका घटेका यर्थाथ घटनालाई मार्मिक ढंगमा प्रस्तुत गर्न सक्ने खुबिका धनी हुनु हुन्थ्यो । सबै सित मिल्ने मिलनशार, मिजासिलो स्वभावको थियो । सुगर ब्लड प्रेसरं पिडित साहित्यकार पौष २८ गते दिउसो विसन्चो भएको महसुस गरी आपैm त्याक्सी चढी कीर्तिपुर अस्पताल लगतै केही बेरमै जाँच गर्दा केही नभएकोले घरमै आराम गरेको परिवारजनहरुलाई चित्त नबुझेकोले काठमाडौं मोडेल अस्पताललमा भर्ना गरिएको लगतै पौष २७ गते विहिवार बिहान करिब ६ः१५ अस्पतालमै यस धर्तिबाट विदा रहेको पारिवारिक स्रोतले जानकारी दिनु भयो । पांगा देउखेलमा पांगाको सालिकमा बस्दै आइ भएका साहित्यकार आज भन्दा करिब ७४ बर्ष अर्थात वि.सं. २००० साल बैशाख महिनामा पिता धर्मराज महर्जन र माता ज्ञानथकु महर्जनको कोखबाट तीन जना सन्तान मध्ये जेठा छोराका रुपमा जन्म भएको थियो । उहाँको ३ जना छोरा रहेको छ । वि.सं. २०१६÷१७ साल देखि साहित्यिक क्षेत्रमा लागेका साहित्यकार तात्कालिन समयमा नाटकहरु, गाइजात्रामा कलाकार लगायत दाइरेक्सन समेत गर्नु हुन्थ्यो । करिब २ बर्ष अगाडी नेपाल भासाको “ई ब्यया चिनाख” सग्रहीत कविता प्रकाशित भएको थियो । किर्तिपुरका स्थानीय पत्र पत्रिका थुप्रैफटकर कविताहर प्रकाशित भएका छन् । हाल नेपाल भासाको कृति ‘गरिबतय्गु नखः मोहनि नखः’ कृति प्रकाशित हुन बाँकी खः । साथैं कथा, कविता र गीति सङ्ग्रहहरु प्रकाशित गरिने उहाँको योजना रहेको थियो ।