महाराष्ट्रमा ४० विद्यार्थी यात्रारत डुङ्गा दुर्घटना, चारको मृत्यु

महाराष्ट्रमा ४० विद्यार्थी यात्रारत डुङ्गा दुर्घटना, चारको मृत्यु

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

दाहनु, महाराष्ट्र, २९ पुस ।  महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्् । 

उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए ।

प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको अवस्थामा उक्त दुःखद घटना भएको अनुमान लगाइए पनि घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए ।

अझै केही विद्यार्थी समुद्रमा फसेको आशङ्कामा उद्धार जारी रहेको सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । दाहनु भारतीय र मुम्बई शहरबाट ११० किलोमिटरको दूरीमा अवस्थित छ ।

उद्धारका लागि दामनबाट हेलिकोप्टर तथा मुम्बईलगायतका क्षेत्रबाट तालीमप्राप्त समूहसहित डुङ्गालाई घटनास्थल वरपर तैनाथ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ