नारायणगढ–मुग्लिन सडक ४ दिनका लागि खुल्ला ,बुटवल–पाल्पा सडकखण्ड अबरुद्ध

नारायणगढ–मुग्लिन सडक ४ दिनका लागि खुल्ला ,बुटवल–पाल्पा सडकखण्ड अबरुद्ध

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चितवन पुस २९ ।
रातको समयमा बन्दै हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक ४ दिनका लागि खुल्ला गरिने भएको छ ।

माघे संक्रान्तिलाई ध्यानमा राखी ४ दिनका लागि खुल्ला गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

पुष १८ गते देखि सो सडकमा राती १० देखि बिहान ४ बजे सम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । सो सडकखण्ड आजदेखि माघ २ गते सम्म रातीको समयमा पनि खुल्ला रहने छ ।

माघे संक्रान्तिमा सो सडक खण्ड हुँदै तिर्थालु देवघाट आउने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको हो । दिउँसोमा पिच निर्माणको काम भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार अहिले सम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ ।
यसैब्ीच , सडकमा पहरो खसेर बुटवल–पाल्पा सडकखण्ड अबरुद्ध भएको छ ।
बुटवल र पाल्पको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै कुहिरे भिरबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।
सडक खाली भएको अबस्थामा ढुंगा खसकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

सडक निकै सांघुरो भएकालेढुंगा नपन्छाएसम्म सडकमा सवारी संचालन गर्न सकिने अबस्था नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अहिले सडक खुलाउने प्रयास भरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ