अर्को अनसनको मिति तोक्दै अनसन तोडे डा केसीले

अर्को अनसनको मिति तोक्दै अनसन तोडे डा केसीले

प्रधानन्यायधीश गोपाल पराजुलीले फागुण ८ सम्म राजीनामा नदिए फेरी अनसन ?

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

अर्को अनसन फेरी बस्ने चेतावनी दिदै यस पटकको अनसन जुस खाएर डा. गोविन्द केसीले तोड्नु भएको छ । सिराहा सखुवानान्कारकट्टी गाउँपालिका २ का ४८ वर्षीय नथुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले आफ्नो १४ औं अनशन तोड्नुभएको हो । मोची अस्पतालमा उपचारका लागि आएका विरामी हुन् । अनसन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताउनुभएको छ ।

उहाँले फागुन ८ गतेसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआए पुन: अनशन सुरु गर्ने चेतावनी समेत दिनुभएको छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै  डा केसीले अनशन सुरू गर्नुभएको थियो ।  गएराति केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएपछि केसीले आज अनशन तोड्न्भएको हो ।

सहमती अनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ