६ देशका ३१ भूउपग्रहसहित पहिलोपटक भारतीय रकेट अन्तरिक्षमा प्रक्षेपण

६ देशका ३१ भूउपग्रहसहित पहिलोपटक भारतीय रकेट अन्तरिक्षमा प्रक्षेपण

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, पुस २८ ।

भारतले ३१ ओटा भूउपग्रह बोकेको रकेट पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार ३१ ओटा भूउपग्रहसहितको पीएस्एल्वी–सी ४० नाम गरेको उक्त रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो ।

’बीबीसी’का अनुसार गतवर्षको असफल प्रयासपछि भारतले पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । नक्सांकन र चित्रांकन गर्ने अन्तरिक्षयानसहितको उक्त रकेटमा अन्य ६ देशका भूउपग्रहहरू पनि छन् ।

विशेषगरी पृथ्वीको अवलोकन गर्न अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, दक्षिण कोरिया र फिनल्यान्डका भूउपग्रह बोकेर अन्तरिक्षतर्फ उक्त रकेट प्रक्षेपण गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

प्रक्षेपण लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक गरिएको सफल प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन् । अघिल्लो वर्ष प्रक्षेपण गरिएको पीएसएलवी–सी ३९ नामक रकेट अन्तरिक्षमा पुग्न असफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ