महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध , नुहाउन पनि दिईदैन

महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध , नुहाउन पनि दिईदैन

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी , २८ पुस ।
अफ्रिकी मुलुक घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध लगाएपछि बालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् ।

घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा महिलालाई नदि वारपार गर्न प्रतिवन्ध लगाईएको छ ।

उक्त प्रतिबन्ध पछि माथिल्लो डेनकायरा इस्ट जिल्लास्थित मध्य क्षेत्रका बालिकाहरु महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका हुन् ।

यूनेस्कोका अनुसार सो क्षेत्रमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन् । घानामा नदीहरुलाई समेत भगवान मान्ने धार्मिक प्रचलन रहीआएको छ ।
विश्व बैंकको तथ्याङक अनुसार घानामा १ करोड १५ लाख भन्दा बढी महिला महिनावारीको समयमा सरसफाई गर्नबाट बञ्चित छन् । उनीहरुलाई महिनावारी भएको बेलामा नुहाउन समेत नदिने चलन त्यहाँ विद्यमान रहेको अन्तर्रा्ष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ