उपमेयर खड्गीलाई काठमाण्डौको फोहर र मास्क उपहार

उपमेयर खड्गीलाई काठमाण्डौको फोहर र मास्क उपहार

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ पुस २८ ।

काठमाण्डौ महानगरपालीकाको उपमेयर हरिप्रभा खड्गीले सडक विभागले आफ्नो जिम्मेवारी पुरा नगर्दा काठमाण्डौका सडकमा धुलो भएको वताउनु भएको छ ।

उपमयेर खड्गीले मेलम्चीको पाइप विस्तारको क्रममा भत्काईएका सडकहरुलाई तत्काल पुननिर्माण नगर्दा उपत्यकाबासीले समस्या भोग्नुपरेको बताउनु भयो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका प्रतिनिधीसँगको भेटमा उहाँले सडक विभागलाई आफ्नो जिम्मेवारी पुरा नर्ग आग्रह गर्नुभएको छ ।

यसअघि आज बिहान नेपाल विद्यार्थी संघले धूलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको थियो ।

नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।

नेवि संघका उपाध्यक्ष नवीन राईले धूलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताउनु भयो ।
धर्नासँगै नेवि संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धूलो र मास्क वितरण गरेका थिए ।

महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धूलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धूलो वितरण गरेका हुन् ।

धूलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धूलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताउनु भयो ।

उपप्रमुख खड्गीले धूलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ