३९ वर्षपछि छिन्ताङ घटनाका मृतक शहीद घोषित : को को मारिएका थिए छिन्ताङमा?

३९ वर्षपछि छिन्ताङ घटनाका मृतक शहीद घोषित : को को मारिएका थिए छिन्ताङमा?

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं पुुस २८ ।
सरकारले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

छिन्ताङमा २०३६ कातिक २७ गते पञ्चायतविरूद्ध सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाई गोली प्रहार गरी हत्या गरीएको थियो । छिन्ताङ हत्याकान्डमा स्व. सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

छिन्ताङ काण्डमा गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई, झगेन्द्र राई र रामकुमारी राई मारिएका थिए ।

घटनामा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने माग यसअघि पटकपटक उठ्दै आएको थियो । स्थानीय र राजनीतिक दलको दबावमा सरकारले छिन्ताङमा मारिएकाको स्मृतिमा शहीद पार्क निर्माण गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ