बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज

बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल  हुने कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । दुबै दलको कार्यदलले हिजो आ–आफ्नो दलमा आन्तरिक छलफल गरेको थियो ।

कार्यदलमा एमालेबाट नेम्वाङ सहित शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य रहेका छन् । कार्यदलले सहमती जुटाएका बिषय एकता संयोजन समितिमा वुझाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ