केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने

केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

 

बर्लिन, जर्मनी, २७ पुस ।  जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् ।

जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भागहरू, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । विश्वभर नदीमा आउने बाढीका कारण हरेक बर्ष ठूलो विपत्ति हुनेगरेको छ ।

जलवायु परिवर्तन तथा यसका कारण सिर्जना भएको विश्वव्यापी उष्णतालाई नियन्त्रणमा राख्ने पहल नभएमा बढी तथा अन्य प्राकृतिक प्रकोपको भयाबह अवका केही दशकमा थप विकराल हुने देखिएको छ ।

प्रविधिमा आधारित भएर जलवायुको प्रभावबारे अनुसन्धान गर्ने जर्मन संस्था, पोष्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले एसियामा बाढीका कारण यहाँको जनसङ्ख्याको करिब १० प्रतिशत प्रभावित हुने गरेकोमा आगामी सन् २०४० सम्म बाढीजन्य प्रकोपका कारण प्रभावित हुनेको जनसङ्ख्यामा वृद्धि भई प्रतिबर्ष १५ करोड ६० लाख मानिस हुने प्रक्षेपण गरेको छ ।

बिहीबार जर्मन सार्वजनिक भएको अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्वव्यापी पहलकका बाबजुद् पनि बाढीको प्रकोपमा वृद्धि हुने खतरा कायमै रहेको बताइएको छ । विगत केही दशकलेखि हरितगृह ग्यासको उत्सर्जनका कारण जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने पहल हुँदाहुँदै पनि बाढीको खतरालाई काबुमा राख्न सहज छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी