छोरा र गहनासहित बेपत्ता चैना भेटिइनन्

छोरा र गहनासहित बेपत्ता चैना भेटिइनन्

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

कञ्चनपुर, २७ पुस ।  छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सक्नुभएको छैन । 

एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उहाँकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता हुनुभएको हो । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती फेला पार्न नसकेको चेतुले बताउनुभयो ।

आठ वर्षीय छोरा अजय र छ वर्षीय छोरा अवि सहित उहाँकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन् । श्रीमतीले भएको गहना र छोरासहित भागेपछि निकै चिन्तित भएको रानाले बताउनुभयो ।

माइतीसमेत गाउँमै छ, वडाध्यक्ष जगता रानाले भन्नुभयो, “भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छन् ।”

श्रीमान्सँग ठाकठुक पर्दा म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की दिइरहन्थीन्, छिकेकीसमेत रहनुभएका अध्यक्ष रानाले भन्नुभयो, “यसै कारणले धेरै ठाउँमा खोजिसकेका छौँ, पत्तो लागेको छैन ।”

खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको उहाँले बताउनुभयो । प्रहरीले समेत बेपत्ता रानाको खोजी गरिरहेको भएपनि हालसम्म फेला भने पार्न सकेको छैन ।

चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ