अदालतकाे अादेश पछि डा.केसी रिहा

अदालतकाे अादेश पछि डा.केसी रिहा

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आईओएमको डिनमा डा. शशि शर्मालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध डा. केसीले गत सोमबार अपरान्ह ४ बजे अनशन सुरु गर्नुभएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले न्यायालय भ्रष्ट र माफियाहरुको अखडा रहेको दावी गरेपछि सर्वोच्चको निर्देशनमा प्रहरीले उहाँलाई अनशन स्थल त्रिवि शिक्षण अस्पताल परिसरबाटै पक्राउ गरेको थियो । डा. केसीसँग हिजो बयान लिएको सर्वोच्चमा आज वादी तथा प्रतिवादी अधिवक्ताले बहस गरेपछि सर्वोच्चले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उहाँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

रिहा भए पछि डा केसीले अनशन जारी राख्ने बताउनु भएकाे छ ।

डा. केसीले आगामी फागुन ८ गतेका लागि तारेख बुझ्नु भएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले डा. केसीलाई उहाँका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाएको छ । अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

डा. केसीले वयानका क्रममा नागरिकतामा जन्ममिति गलत उल्लेख गरेको, एसएलसी पास गरेको प्रमाण पत्र नभेटिएको लगायत आवाज उठाएपछि सर्वोच्चले नागरिकतासहित शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको हो । नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन र शैक्षिक प्रमाणपत्र न्यायपरिषद्बाट झिकाउने सर्वोच्चको आदेशमा उल्लेख छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ