पोखरा, पुस २६ ।
मिटरमा ट्याक्सी नचलाएको भन्दै कास्की प्रहरीले १७ जना ट्याक्सी चालकलाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेपछि पोखराका सबै ट्याक्सी चालक आन्दोलनमा उत्रिएका छन् ।
हिजा सादा पोसाकमा प्रहरीले ट्याक्सी चढ्दै बढी भाडा असुल्ने ट्याक्सी चालकलाई पक्रेको थियो ।
त्यसको विरोधमा ट्याक्सी व्यवसायी आज आन्दोलनमा उत्रिएका हुन् । ट्याक्सी व्यवसायी समिति पोखराले यसको नेतृत्व गरेको छ ।
आज पोखराको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीलाई लाम लगाएर चालकले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
भाडा समायोजन नगरी मिटरमा ट्याक्सी चलाउन नसक्ने अडान व्यवसायीको छ । ५– ७ वर्ष पहिले तय गरिएको भाडामा आफूहरुले ट्याक्सी चलाउन नसक्ने उनीहरुको भनाइ छ ।
जथाभावी भाडा असुलेर जनता ठग्ने काम ट्याक्सी चालकले गरेकाले पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline