सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो

सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ, २६ पुस ।
जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ ।

भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै जिल्ला वन कार्यालयमा आवेदन दिनेको संख्या बढेको हो ।

असार ९ गतेदेखि आवेदन लिन शुरु गरेको जिल्ला वन कार्यालय काठमाडौँमा हालसम्म ४२१ जनाको निवेदन परेको कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले जानकारी दिनुभयो ।

अहिले दैनिक आठ÷दशजना मानिस काठ मागका लागि कार्यालय आउने गरेको उहाँले बताउनु भयो ।

जिल्ला वन कार्यालयमा भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माणका लागि काठ नभएपछि जनताले दिएको निवेदन वन कार्यालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारीको रोहवरमा द टिम्बर कर्पोरेशन लिमिटेडमा पठाउने गरेको छ ।
कार्यालयमा आएको निवेदन संकलन गरेर १५÷१५ दिनमा टिम्बर कर्पोरेशनलाई पठाउने गरेको दाहालले बताउनुभयो ।

काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपुर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ