चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने

चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २६ पौष ।
विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ ।

विश्व बैंकले विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गदै सन् २०१८र१९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको हो ।

सरकारले चालू आर्थिक बर्षमा देशको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत हुने दावी गरिरहेको बेला विश्व बैंकले पछिल्लो प्रक्षेपण सार्वजनिक गरेको हो ।

यसअघि गत जुनमा बैंकले नेपालमा ४ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो ।

तराई क्षेत्रमा बाढीपहिरोले र्पुयाएको क्षतीले यसबर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने विश्व बैंकले बताएको हो । प्रतिकुल मौसमका कारण कृषि उत्पादनमा कमी आउने हुँदा समेत असर पुग्ने बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी