डा. केसीको मुद्धामा आज सुनुवाइ हुदै , १ सय बढी वकिलले केसीको पक्षमा बहस गर्ने

डा. केसीको मुद्धामा आज सुनुवाइ हुदै , १ सय बढी वकिलले केसीको पक्षमा बहस गर्ने

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ, २६ पौष ।
अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा. गोविन्द केसीको मुद्दामा आज सुनुवाई हुँदैछ । हिजो नै सुनुवाई हुने कार्यतालिका रहेपनि बयान लिँदालिँदै समय सकिएपछि सुनुवाइ आजका लागि सारिएको हो ।

अहिले निवेदकका तर्फबाट अधिवक्त प्रकास केसीले बहस गरिरहनु भएको छ । यसअघि बिहान अनशनरत केसीलाई वीर अस्पतालबाट प्रहरीको एम्बुलेन्समा राखेर सर्बोच्च अदालत लगिएको थियो ।

डा. केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि हिजै बीर अस्पतालमा भर्ना गरिएको थियो । उहाँको मांसपेशी बाउडिने तथा मुटुको धड्कनमा वृद्धि हुनुका साथै अनशनका कारण स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

केसीको पक्षमा सयजना भन्दा बढी वकिलले बहस गर्न वकालतनामा गराएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी लगायत झण्डै सयजना वकिलले केसीको पक्षमा बहस गर्ने भएका हुन् ।

सर्वोच्च अदालतको आदेशमा सोमबार बेलुकी पक्राउ परेका डा. केसीले हिरासतमै अनशनलाई निरन्तरता दिनुभएको छ । केसीले माग पूरा नभएसम्म अनसन नछोड्ने अडान राख्नुभएको छ ।

आइओएमका डीन शशि शर्मालाई पुनर्बहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा लगायत माग राखेर उहाँले सोमबार १४ औँ अनशन सुरु गर्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ