गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल

गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

अनशनमा रहेका डाक्टर केसीलाई हिजो प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्रेको थियो। आज दिनभरि सर्वोच्च अदालतमा वयानका लागि उनलाई राखिएको थियो। वयानपछि उनलाई हिरासतमा नलगी उपचारका लागि अस्पताल लगिएको हो।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी अपील बोहराका अनुसार आज उनलाई वीर अस्पतालमा नै राखिने छ।
‘अदालतको आदेशानुसार नै उहाँलाई अस्पताल भर्ना गरिएको हो,’ उनले भने।

सर्वोच्च अदालतको अपहेलना मुद्दामा उनलाई पक्राउ गरिएको थियो। भोलि बिहान १० बजे सर्वोच्चमा केसीविरुद्धको मुद्दामा बहस हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ