डा. केसीको सुनुवाई बुधबार मात्रै: बयानमा केसीको माग, प्रधानन्यायाधीश पराजुलीमाथि अनुसन्धान हुनुपर्छ

डा. केसीको सुनुवाई बुधबार मात्रै: बयानमा केसीको माग, प्रधानन्यायाधीश पराजुलीमाथि अनुसन्धान हुनुपर्छ

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, पुस २५ ।

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको मुद्धामा सुनुवाई भोलि मात्र हुने भएको छ ।

आज बयान लिइएको र भोलिदेखि सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । डाक्टर केसीको सुनुवाईका लागि सर्वोच्चले न्यायाधीस ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलास तोकेको छ । भोली मात्र सुनुवाई शुरु हुने भएपछी डाक्टर केशी आजपनि प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।

बयानका क्रममा डा. केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि अनुसन्धान हुनु पर्ने माग गर्नुभएको छ । प्रधानन्यायाधीश पराजुलीले उमेर सच्याएर नागरिकता लिएको, एसएलसी उत्तीर्ण सर्टि्फिकेट नभेटिएको जस्ता विषयमाथि अनुसन्धान हुनुपर्ने डा. केसीको माग छ ।

दिउँसो २ बजेबाट सुरु बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीको पक्षमा फैसला गर्दै आफ्ना भातिजलाई अख्तियारको कानुनी सल्लाहकारको रुपमा जागिर खुवाएको दावी गर्नुभएको थियो ।

प्रधानन्यायाधीश पराजुलीले जग्गा प्लटिङ गर्ने सरकारी नीतिविरुद्ध फैसला गरेको, कर तिर्न बाँकी भएको संस्थाको पक्षमा फैसला गरेको जस्ता विषयमा अनुसन्धान हुनुपर्ने माग डा. केसीको छ ।
भोलीबाट मात्र सनुवाई हुने भएपछि डा. केसीलाई आज फेरि सिंहदरवारस्थित महानगरीय प्रहरी वृत्त लगिएको छ । केसीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलाशमा तोकिएपनि समय अभाव भन्दै सनुवाई भोलीका लागि सारिएको हो ।

प्रहरी वृत्तबाट डा. केसीलाई बिहान ९ बजे नै अदालत र्पुयाईएपनि प्रशासनिक कामकारवाही र उहाँको स्वास्थ्यमा देखिएको समस्याको कारण देखाउँदै झण्डै ५ घण्टा ढिला गरी बयान सुरु भएको थियो । केसीका समर्थकले प्रदर्शन गर्न सक्ने आशंकामा सर्वोच्च अदालत वरपर बिहानदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गर्नुभएको थियो ।
उहाँलाई गएराति अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ